0%
लोड हुँदैछ...
गोपालध्वज श्रेष्ठ

गोपालध्वज श्रेष्ठ

अध्यक्ष

आदरणीय शेयर सदस्यज्यू, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाहरु सबैमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु।

वि.सं.२०५० सालको असोज २० गते सदस्यहरुको आर्थिक तथा सामाजिक समृद्धिको साझा संकल्पका साथ प्रारम्भ भएको जनसचेतन साकोस आजपर्यन्त सदस्यहरुको विश्वास, सहभागिता र सहकार्यबाट निरन्तर अघि बढिरहेको छ। हाम्रो यात्राको केन्द्रमा सधै सदस्यको हित, वित्तिय सुरक्षा र समृद्धि रहँदै आएको छ।

हामी सहकारीलाई केवल बचत तथा ऋणको कारोबार गर्ने संस्थाको रुपमा मात्र नहेरी सदस्यको आर्थिक क्षमता अभिवृद्धि गर्ने, अवसर सिर्जना गर्ने, आत्मनिर्भरता बढाउने र समुदायको दिगो विकासमा योगदान गर्ने साझा अभियानको रुपमा जनसचेतन साकोस अघि बढिरहेको छ।

परिवर्तनशील वित्तिय वातावरण, प्रविधिको तीव्र विकास र सहकारी क्षेत्रमा देखिएका नयाँ चुनौतीलाई आत्मसात् गर्दै जनसचेतन साकोसलाई अझ सबल, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित संस्थाको रुपमा विकास गर्ने हाम्रो निरन्तर प्रयास र अभ्यास जारी छ।

सुशासन, पारदर्शिता, वित्तिय अनुशासन, जोखिम व्यवस्थापन, सदस्य शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै हामी "आजको सुरक्षित सहकारी, भोलिको समृद्ध सदस्य" भन्ने भावनाका साथ अघि बढीरहेका छौं।

यस संस्थाको उपलब्धि कुनै एक व्यक्ति वा नेतृत्वको मात्र उपलब्धि नभै हाम्रा संस्थापक, सदस्य, सञ्चालक, कर्मचारी, शुभेच्छुक, पूर्व सञ्चालक र सम्पूर्ण समुदायको साझा उपलब्धि हो। यहाँहरुको विश्वास, सुझाव र सक्रिय सहभागितालाई हामी संस्थाको सबैभन्दा ठूलो पूँजीको रुपमा लिन्छौं।

आगामी दिनमा पनि जनसचेतन साकोसलाई अझ उत्कृष्ट बनाउँदै सदस्यको समृद्धि, संस्थाको सबलता र समुदायको दिगो विकासमा निरन्तर योगदान पुऱ्याउने हाम्रो दृढ प्रतिबद्धता छ।

यहाँहरुको विश्वास नै हाम्रो शक्ति हो। सदस्यको समृद्धि नै हाम्रो सफलता र दिर्घकालिन लक्ष्य हो।

धन्यवाद !
जय सहकारी ! जय जनसचेतन !

?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्