हामीले प्रदान गर्ने सेवाहरू
तपाईंको वित्तीय आवश्यकताहरू पूरा गर्न हामी यहाँ छौं
वित्तीय सेवा
बचत सेवा
संस्थाले सदस्यहरुबाट प्रति महिना कम्तिमा रु.२००।– नियमित रुपमा बचत संकलन गर्दछ । यसको अतिरिक्त ऐच्छिक, आवधिक, बाल तथा अन्य शीर्षकका बचतहरु सदस्यहरुले जम्मा गर्न सक्दछन् । यी बचतहरुमा संस्थाले प्रतिस्पर्धी तथा आकर्षक ब्याजदर प्रदान गर्दछ । (नियमित मासिक बचत, खुत्रुके बचत, साधारण ऐच्छिक बचत, विशेष आवधिक बचत, समृद्धि बचत, स्मार्ट आवधिक बचत, विशेष ऐच्छिक बचत, शैक्षिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत, दैनिक बचत, स्वरोजगार बचत, शेयर लाभांश बचत, समूह बचत, आवधिक बचत (६ महिने, १, २ र ३ वर्षे), आकस्मिक बचत)
ऋण सेवा
संस्थाले सदस्यहरुलाई विभिन्न आय आर्जनका काममा लगानी गरी उनीहरुको आर्थिक अवस्था सुधार गर्न तपसिल वमोजिमको आयमूलक ऋण प्रदान गर्दछ । (कृषि ऋण, घर निर्माण ऋण, पशुपालन ऋण, जग्गा खरिद ऋण, औद्योगिक ऋण, बचत धितो ऋण (मासिक/आवधिक), उच्च शिक्षा तथा शैक्षिक ऋण, समूह जमानी (लघुवित्त) ऋण, हायर पर्चेज ऋण, कर्मचारी सहुलियत ऋण, व्यवसायिक ऋण, सामाजिक/व्यक्तिगत ऋण, वैदेशिक रोजगार ऋण, उद्यमी ऋण)
विप्रेषण सेवा
संस्थाले IME, Hulas, Ez remit, Best Remit, Ipay remit, Western Union Money Transfer, Himal remit, City express, easy link लगायतका कम्पनीहरुसँग सहकार्य गरेर सदस्यहरु तथा आसपासका सेवाग्राहीहरुलाई मनी ट्रान्सफरको सेवा उपलब्ध गराउँदै आएको छ ।
मोवाइल बैकिङ सेवा
सदस्यहरुलाई यो सेवा मार्फत कारोबारहरुको एलर्ट, नगद रहित कारोबार, टपअप तथा रिचार्ज, अनलाइन टिकेटिङ, QR Code, E-Teller, Bank Fund Transfer (सहकारीको रकम बैंकमा र बैंकमा भएको रकम सहकारीमा), फरेक्स जानकारी र संस्थाको सूचनाहरु सम्बन्धी सेवा प्रदान गरिन्छ । साथै अनलाइन मार्फत बचत जमानतको ऋण माग तथा स्वीकृत गर्ने प्रविधिको समेत विकास तथा थालनी गरिएको छ ।
निःशुल्क ए. बि. बि. एस. सेवा
संस्थाले आफ्नो छुट्टै WLAN Intranet स्थापना गरी दोलखा, काठमाडौं जिल्लामा रहेका विभिन्न सेवाकेन्द्रहरुबाट सदस्यहरुलाई निःशुल्क अन्तर सेवाकेन्द्र (ए.बि.बि.एस.) सेवा उपलब्ध गराउँदै आएको छ ।
सामुहिक जमानी (लघुवित्त) सेवा
दोलखाको दुर्गम क्षेत्रमा रहेका विपन्न वर्गका समुदायमा सहकारीको प्रभावकारी सेवा पु-याउनका लागि संस्थाले लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको समूह गठन गरी आर्थिक सामाजिक र व्यवसायिक क्रियाकलापमा संलग्न गराउँदै महिला सशक्तिकरण गर्नका लागि यो कार्यक्रम ६ गाउँपालिकामा ८० समूहमा १२७७ सदस्यहरुले लघुवित्त कार्यक्रमबाट लाभ लिइरहेका छन् ।
गैह्र वित्तीय सदस्य सेवा
सदस्य सुरक्षा कोष सेवा
यस सेवा अन्तर्गत प्रत्येक सदस्यले आर्थिक वर्षको सुरुमा सदस्य सुरक्षा कोषमा रु. २००।–जम्मा गर्नुपर्दछ । सो आर्थिक वर्षभित्र सदस्यको मृत्यु भएमा रु.५,०००।– (पाँच हजार रुपैयाँ) देखि रु.५०,०००।– (पचास हजार रुपैयाँ) सम्म सहयोग रकम उपलब्ध गराउँदै आएको छ ।
सदस्य शिक्षा तथा तालिम
सदस्यहरुलाई निरन्तर रुपमा सहकारी शिक्षा शिविरको आयोजना सहित अचौतिक सामाग्री मार्फत सहकारी सम्बन्धि शिक्षा प्रदान गरिरहेका छौं । यसै गरी आवश्यकता अनुसार सीपमूलक तालिम तथा वित्तीय साक्षरताका तालिमहरु सञ्चालन गर्दै आइरहेका छौं ।
जेहेन्दार विद्यार्थी छात्रवृत्ति
कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत सदस्य तथा सदस्यका छोराछोरीहरु मध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय तथा क्याम्पसले गरेको सिफारिसको आधारमा आधारभूत तहमा ५० जनाको लागि, माध्यमिक तह (९ र १०) मा ३० जना र माध्यमिक तह (११ र १२) मा २० जनाको लागि र क्याम्पस तहमा ५ जना गरी वार्षिक रुपमा १०५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
सामाजिक संस्कार खर्च सहयोग
सदस्यको मृत्यु हुँदा सामाजिक संस्कार खर्च वापत रु.५ हजार प्रदान गरिदै आएको छ ।
प्राकृतिक प्रकोपमा सहयोग
प्राकृतिक प्रकोपका कारण कुनै सदस्यको घर तथा व्यवसायमा क्षति भएमा तत्काल राहत दिनको लागि अवस्था हेरी रु.२,०००।– (दुई हजार रुपैयाँ) देखि रु.१०,०००।– (दश हजार रुपैयाँ) सम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
सम्मान तथा पुरस्कार
संस्थाले हरेक वर्ष तपसिल बमोजिका विधाहरुमा सम्मान तथा पुरस्कार गर्दै आएको छ (जनसचेतन सहकारी अभियान्ता राष्ट्रिय पुरस्कार,असल ऋणी सम्मान, असल नियमित बचतकर्ता (मासिक, ज्येष्ठ, बाल र दैनिक) सम्मान, पत्रकार सम्मान, उत्कृष्ट एस.इ.इ. सम्मान (छात्र र छात्रा), वर्ष कर्मचारी तथा उत्कृष्ट सेवाकेन्द्र सम्मान, जेष्ठ सदस्य सम्मान (महिला र पुरुष),उत्कृष्ट उपसमिति सम्मान, संस्थापक तथा सञ्चालक सदस्य सम्मान, मरणोपरान्त पूर्व सञ्चालक सम्मान, उत्कृष्ट लघुवित्त समुह सम्मान, जनसचेतन आवाज सम्मान)
जनसचेतन आजिवन सहारा
सदस्य सुरक्षा कोषमा भाग लिएर ७५ वर्ष उमेर पुगेका वृद्ध वृद्धाहरुलाई संस्थाले मासिक पाँच सय रुपैंयाका दरले त्रैमासिक रुपमा एकमुष्ट आजीवन सहारा भत्ता दिदै आइरहेको छ ।
जनसचेतनको सहारा कार्यक्रम
संस्थामा आबद्ध भएको ५ वर्ष पुरा भई ७० वर्ष नाघेका जेष्ठ सदस्यहरुलाई जनसचेतनको लोगो अंकित न्यानो कपडा (उनको टोपि, गलबन्दी र बर्को) वितरण गर्ने गरिएको छ ।
स्वास्थ्य बीमामा सहयोग
संस्थामा आबद्ध भएका शेयर सदस्यहरुले स्वास्थ्य बीमाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निजले संस्थामा रहेको नियमित बचतको सीमाको आधारमा रु.२५०।– र रु.५००।– उपलब्ध गराउँदै आएको छ ।
सुत्केरी स्यहारमा सहयोग
संस्थामा आबद्ध शेयर सदस्यहरु सुत्केरी भएमा सुत्केरी स्याहारमा सहयोग पुग्ने उद्देश्यले रु.२,०००।– (दुई हजार) प्रदान गर्दै आएको छ ।
स्वास्थ्य उपचारमा आर्थिक सहयोग
संस्थामा आबद्ध शेयर सदस्यहरुलाई गम्भिर प्रकृतिका रोगहरु (पारालाइसिस, मृगौला फेल, ब्रेन ट्युमर, क्यान्सर, मुटु प्रत्यारोपण) बाट संक्रमित सदस्यहरुलाई स्वास्थ्य उपचारमा सहयोगको लागि रु.५,०००।– (पाँच हजार) देखि रु.१०,०००।– (दश हजार) सम्म प्रदान गर्दै आएको छ ।
रक्तदान कार्यक्रम
“जीवन अमूल्य छ, बाँचौं र बचाउँ” भन्ने नारालाई आत्मसाथ गर्दै वार्षिक रुपमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्ने गरेको छ ।
जेष्ठ सदस्य तीर्थ अवलोकन भ्रमण कार्यक्रम
संस्थामा आवद्ध जेष्ठ सदस्यहरु मध्ये ५६ जनालाई प्रत्येक वर्ष जनकपूरधाम, हलेसी महादेव, बराहक्षेत्र र सिन्धुली गढि क्षेत्रको अवलोकन भ्रमण गराउँदै आइरहेको छ ।
कुनै प्रश्न छ?
हाम्रो सेवाहरूको बारेमा थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।